कान्ति लोकपथ दुईतर्फी खुल्ला, के छ अन्य सडकको अवस्था ? – Nepal Press

कान्ति लोकपथ दुईतर्फी खुल्ला, के छ अन्य सडकको अवस्था ?

काठमाडौं । बाढीपहिरो र डुबानले अवरुद्ध भएका धेरै सडकहरू अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । काठमाडौंबाट बाहिरिने ६ वटा सडक एकतर्फी चलिरहेको छ । भने, भर्खरै कान्तिलोक पथ दुईतर्फी नै खुलेको छ ।

उपत्यकामै केही बाटो एकर्तफी सञ्चालनमा छ । ललितपुरको लेले, टीकाभैरव जाने बाटो एकतर्फी खुलाइएको छ ।

मेची राजमार्ग पनि पहिरो पन्छाइ नसकेकाले एकतर्फी मात्रै सञ्चालन भएको छ । सो राजमार्गको फिदिममा पहिरो गएपछि एकतर्फी मात्रै सञ्चालन भएको हो । पृथ्वीलोक मार्ग एकतर्फी चलिरहेको छ । बीपी राजमार्ग रोशी गाउँपालिका पूर्णरूपमा बन्द रहेको छ । जयपृथ्वी राजमार्ग पूर्णरूपमा बन्द रहेको छ ।

बीपी राजमार्गको रोशी गाउँपालिकाको ७ घुमाउने र रोशीको भ्याकुरेमा एकतर्फी बाटो सञ्चालन भइरहेको छ ।

अरनिको राजमार्ग र रामेछाप सिन्धुलीको बाटो पूर्णरूपमा बन्द छ । पृथ्वीलोक मार्गमा एकतर्फी गाडी चलेका छन् ।

गण्डकी, लुम्बिनी र कर्णली प्रदेशको सबै सडक सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर