दलहरूले यसपालि चियापान कार्यक्रम नगर्ने – Nepal Press

दलहरूले यसपालि चियापान कार्यक्रम नगर्ने

काठमाडौं । राजनीतिक दलहरूले यसपालि चाडपर्वलक्षित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएका छन् । गत असोज १०-१२ गतेको झरीपछि बाढीपहिरो र डुबानले ठूलो धनजनको क्षति भएकोले यसवर्ष चियापान कार्यक्रम नराख्ने भएका हुन् ।

सत्तारूढ दल नेपाली कांग्रेसले चियापान कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

एमालेले पनि यसवर्ष चियापान कार्यक्रम नगर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । विपद्ले ठूलो जनधनको क्षति गरेपछि देश राष्ट्रिय शोकमा भएको यसवर्ष पार्टीले चियापान कार्यक्रम नराखेको उनले बताए ।

अहिले पार्टी सिंगो पंक्ति नै उद्धार, राहत र पुन:स्थापनको कामका लागि खटेको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि चाडपर्वलक्षित चियापान कार्यक्रम नराख्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ, ‘यस वर्ष विगतका वर्षमा मनाउने गरिएको चाडपर्व लक्षित शुभकामना आदान-प्रदानका कार्यक्रम नगर्ने र सम्पूर्ण पार्टी पंक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनामा केन्द्रित गर्ने ।’

चाडपर्वका समयमा जनभेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्न भने माओवादीले निर्देशन दिएको छ ।

कांग्रेस, एमाले र माओवादीले मात्रै नभइ अन्य दलहरूले पनि यसवर्ष चियापान कार्यक्रम राखेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर