पूर्व सचिव रामेश्वर खनालको संयोजकत्मा आर्थिक सुधार सुझाव आयोग गठन – Nepal Press

पूर्व सचिव रामेश्वर खनालको संयोजकत्मा आर्थिक सुधार सुझाव आयोग गठन

काठमाडौं । सरकारले पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेश गर्नका लागि खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, डा. विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन्।

बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृति दिने निर्णय गरेको छ भने चालू आर्थिक वर्ष २०८१–०८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत विभिन्न आयोजना तथा निकायका लागि २६६ जना राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै हुलाक सेवा विभाग र अन्तरगतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर