गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्छ : प्रधानमन्त्री – Nepal Press

गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

प्राडा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सुख प्राप्ति हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने बताए ।

कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसङ्घको सङ्कल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने बताए । समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए ।

पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको बताए ।

समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर