कांग्रेस नेता महरको टिप्पणी- जनताको दुःखमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेन – Nepal Press

कांग्रेस नेता महरको टिप्पणी- जनताको दुःखमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले जनतालाई दुःख परेका बेला अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै जनतालाई दुख परेको बेला सरकारले अभिभावकत्व निभाउन नसकेको भन्दै प्रश्न उठेको बताए।

उनले भने,‘भीषण वर्षा, बाढी पहिरोले सयौं जनताले ज्यान गुमाउनु परेको छ। अर्बौंको क्षति भएको छ। चाडपर्वको मुखमा जनताको बिचल्ली छ। तर, यस्तो बेलामा सरकारको उपस्थिती कमजोर देखियो।

सडक अबरुद्ध भएको बेलामा हवाई भाडा नेपालभित्रभन्दा भारत जान सस्तो पर्ने अवस्था रहेको भन्दै असन्तुष्टि जनाए। उनले पार्टीका भ्रातृ संस्थाहरुको अधिवेशन चैतभित्रै गराउन आफूले पहल गर्दै आएको बताए।


प्रतिक्रिया

One thought on “कांग्रेस नेता महरको टिप्पणी- जनताको दुःखमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर