दशैको मुखमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु – Nepal Press

दशैको मुखमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

रुपन्देही । पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्टस्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवँरको मृत्यु भएको छ । उक्त स्थानमा केही महिना अघि भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर