विपत् व्यवस्थापनमा शिक्षा मन्त्रालयबाट प्रदेशलाई २ करोड, स्थानीय तहलाइ ६ लाखसम्म बजेट – Nepal Press

विपत् व्यवस्थापनमा शिक्षा मन्त्रालयबाट प्रदेशलाई २ करोड, स्थानीय तहलाइ ६ लाखसम्म बजेट

काठमाडौं । विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाइ ख्याल राखी कार्य सम्पादन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार विषयगत समितिको भर्चुअल बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले यस्तो आग्रह गरेकी हुन् ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश २ करोड रुपैयाँका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपत्‌कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा ६ लाख, उपमहानगर‌पालिका र नगरपालिकालाई ५ लाख तथा गाँउपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको जानकारी गराईन ।

शिक्षामन्त्री भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढी प्रभावित स्थानीय तह‌का प्रमुख तथा शिक्षा शाखा प्रमुख, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो । बैठकमा जोखिम मूल्याङ्‌कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शोचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको छ ।

बैठकमा अघिल्लो बैठकको समीक्षा सहित पाँचथर, मोरङ, सप्तरी, सर्लाही, सिरहा पर्सा, दोलखा, सिन्धुली, रसुवा, ललितपुर, काभ्रे, मकवानपुर, गुल्मी, रूपन्देही, नवलपरासी पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेत, भक्तपुर, चितवन, धादिङ, काठमाडौं खोटाङ, उदयपुर, कपिलवस्तु, बारा र तनहुँ जिल्लामा गरी कुल ५४ स्थानीय तहका २०० विद्यालयमा पुगेको क्षतिको विवरण सहित तत्काल गर्नुपर्ने कामका सम्बन्धमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

One thought on “विपत् व्यवस्थापनमा शिक्षा मन्त्रालयबाट प्रदेशलाई २ करोड, स्थानीय तहलाइ ६ लाखसम्म बजेट

  1. बाढि पहिरोले १५० वटा विद्यालयमा क्षति पुगेको जनाईएको छ।क्षति पुगेको विद्यालय मध्ये कतिपय पूर्णरुपमा ध्वस्त भएको छ भने केहिमा आंशिक क्षति।
    बाढि पहिरोले २९ जिल्लाको विद्यालयमा क्षति पुगेको जनाईएको छ भने अढाई लाख विद्यार्थीहरु प्रभावित भएको छ।
    बाढि पहिरोले २४ वटा विद्यालयको भवन पूर्ण रुपमा क्षति भएका छन भने २० जना विद्यार्थीहरु मृत्यु भएको छ।
    अव पनि विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी पाठ्यक्रम लागु नगर्ने हो भने पछिका दिनहरुमा भयावह स्थिति हुन सक्छन। त्यसैले सोचौं, विद्यालयमा पूर्वतयारी अपनाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *