पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा गोरखाका अश्विन दानी पक्राउ – Nepal Press

पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा गोरखाका अश्विन दानी पक्राउ

काठमाडौं । पत्रकारको आवरणमा आपराधिक लाम लिएको अभियोगमा अश्विन दानी पक्राउ परेका छन् ।

उनीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरिएको हो ।

उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा रहेर काम पनि गरिरहेका छन् ।

गोरखा नगरपालिका वडा न ३ नारेश्वर घर दानी ले ११ कक्षा पढदा देखी नै २०७३ देखि नै स्थानीय सचार माध्यम मार्फत पत्रकारिता थाले ।

प्रेस चौतारी गोरखाका अध्यक्ष समेत बनेका उनी पछिल्लोसमय रन्जिता श्रेस्त को नागरिक उन्मुक्ति पाट्री निकट पत्रकारका केन्द्रीय अध्यक्ष हुन ।

गत चैत मुगा माला सहित पक्राउ परेका उनी धरौटी मा रिहा भएका थिए । उनी अहिले मन्त्री अरुण चौधरीका प्रेस सल्लाहकार हुन ।

उपत्यका अपराध अनुशासन कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । मुद्दासहित उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर