बाढी, पहिरो तथा डुवानले १८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति (सूचीसहित) – Nepal Press

बाढी, पहिरो तथा डुवानले १८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति (सूचीसहित)

काठमाडौं । एक साता अघिको बाढी र पहिरोले देशभरमा १८ जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाबाट संकलन गरिएको विवरण अनुसार बाढी र पहिरोले विद्यालयका २४ वटा भवन पूर्ण रूपमा क्षति भएको शिक्षा मन्त्रालयले जनाएको जनाएको हो ।

बाढीले सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोकमा परेको मन्त्रालयका सहसचिव एवम प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको वात्सल्यदेवी माध्यमिक विद्यालयका ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एक जना, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय एक, तिमाल गाउँपालिकाको कुशेश्वर माविका एक, सर्वोद्वार माविमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको हो ।

त्यस्तै रोशी गाउँपालिकाको ज्वालादेवी आधारभूत विद्यालयका दुई जना, पनौती नगरपालिकाको श्रीराम माविका एक, बुटवलको कालिका माविको दुई जना, दोलखा भीमेश्वर नगरपालिकाको अल्पाइन माविका एक, भक्तपुर सूर्यविनायक नगरपालिकाको ज्योति माविका एक जना विद्यार्थीको बाढी र पहिरोमा परेर मुत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितपुरको ज्ञान ज्योति आवि, गोदावरीको जन विकास मावि, बुद्ध मावि बाडे गाउँ, गणेश आवि, हिमाली आवि, गोदावरी आवासीय, नागदह आविको भवनमा क्षति भएको छ । त्यस्तै काभ्रेपलान्चोकको नवज्योति आवि, कालिकादेवि, सिमभञ्ज्याङ, पञ्चकन्या मावि, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवि, भालेश्वर माविको भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काभ्रेको कौशिक वैदिक गुरुकुल, कालीदेवी आविको एक–एक भवनमा पूर्ण क्षति भएको छ । बाढीले सुर्खेतको भगवती माविको दुई, चितवनको मालपुर माविको एक, तनहुँको कालिका देवी आवि, चन्द्रज्योति माविको एउटा भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ कोठे भवन दुई वटामा पूर्ण क्षति भएको छ । यस मध्ये पहिरोले पुरिएको १३ वटा रहेको छ । बाढी पहिरोमा परेका मध्ये ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

के कहाँ कस्ताे क्षति भयाे ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *