पूर्वराजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक सङ्कटको अभिव्यक्ति हो, तर राजतन्त्र फर्किँदैन : प्रचण्ड (भिडिओ) – Nepal Press

पूर्वराजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक सङ्कटको अभिव्यक्ति हो, तर राजतन्त्र फर्किँदैन : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् ।

पूर्वराजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएपनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको उनको भनाई छ ।

सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन ।’

उनले इतिहासको विकासको दृष्टिकोण, पूर्वराज र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए ।

उनले भने, ‘इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक हुँदैन । राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर