एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि साेही बैंकबाट ऋण लिन नपाउने – Nepal Press

एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि साेही बैंकबाट ऋण लिन नपाउने

काठमाडौं । कुनै पनि बैंक तथा वित्तिय संस्थाबाट एक प्रतिशत भन्दा बढी ऋण लिएका सर्वसाधारण सेयर धनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो ।

तर अब चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर रहेको साधारण सेयरधनी र ०।५ प्रतिशत संस्थापक सेयर भएका सेयरधनीले पनि उक्त बैंकबाट सम्पत्ति धितो राखी ऋण लिन नपाउने भएका हुन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *