ट्रान्सफरमर र पोल खरिदमा भ्रष्टाचारको आशंका, ऊर्जा मन्त्रालयले कुलमानसँग माग्यो १५ बुँदे विवरण – Nepal Press

ट्रान्सफरमर र पोल खरिदमा भ्रष्टाचारको आशंका, ऊर्जा मन्त्रालयले कुलमानसँग माग्यो १५ बुँदे विवरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मन्त्री दीपक खड्काको अध्यक्षतामा हिजो बसेको बैठकले घिसिङसँग ४ वर्षे अवधिको विभिन्न विवरण माग्ने निर्णय गरेको हो ।

ट्रान्सफरमर, पोल खरिद र टेण्डर आव्हान तयारीमा स्मार्ट मिटरलगायतका वस्तु/सामग्री खरिदमा भ्रष्टाचारको आशंकासहित आवश्यक विवरण मागिएको छ ।

प्राधिकरण आफैँले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरु ४ वर्षकै माग्ने निर्णय गरिएको छ ।

घिसिङलाई विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय, प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण पनि मागिएको छ ।

घिसिङले भने आफूलाई स्पष्टीकरण सोधेको नभई मन्त्रालयले विवरण मागेको बताए ।

उनले नेपालप्रेससँग भने, ‘मन्त्रालयले स्पष्टीकरण सोधेको होइन, प्राधिकरणसँग विवरण मागेको हो । मन्त्रालयले मागेको विवरण दिनको लागि सम्बन्धित निकायमा पठाइएको छ । मन्त्रालयले मागेको विवरण बुझाउनका लागि काम भइरहेको छ ।’

यी हुन् घिसिङसँग मागिएका १४ बुँदे विवरण-

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय ।

२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण ।

३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरुको विवरण ।

४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण । साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण ।

५ नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट एयधभच भ्खबअगबतष्यल पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण ।

७ हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धिधत ६० मेगावाटको खिम्ति – १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरु ।

८ विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु

११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण ।

१२. हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु ÷सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना ।

१३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण ।


प्रतिक्रिया

2 thoughts on “ट्रान्सफरमर र पोल खरिदमा भ्रष्टाचारको आशंका, ऊर्जा मन्त्रालयले कुलमानसँग माग्यो १५ बुँदे विवरण

  1. किन ४ वर्षको माँगेको? १० देखिको पहिलाको विवरण र उत्पादन प्रतिफल माँग्न सक्नुपर्छ 🤔🤔 कुलमान लाई मात्रै किन टार्जेट गरियो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर