धर्मशाला खाली गराउन पुगेका महानगर प्रहरीसँग मारवाडीको प्रतिकार-पेलेर जाने राजु पाण्डेको चेतावनी (भिडि‌ओ) – Nepal Press

धर्मशाला खाली गराउन पुगेका महानगर प्रहरीसँग मारवाडीको प्रतिकार-पेलेर जाने राजु पाण्डेको चेतावनी (भिडि‌ओ)

काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने चेतावनी दिएको छ ।

धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जवरजस्ती खाली गराउने चेतावनी दिएको हो ।

वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले गौशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने चेतावनी दिएको छ । तर मारवाडी सेवा समितिले गौशाला खाली गराउन अफिसियल पत्र लिएर आउन महानगरप्रहरीलाई भनेको छ ।

समितिले गौशाला खाली गराउन आफूहरुले अफिसियल पत्र नपाएको बताउँदै पत्र नआएसम्म खाली नगर्ने बताएको छ । उनीहरुले गौशाला खाली गराउन नदिने भन्दै मुख्य गेटमा प्रदर्शन गरिरहेका छन् ।

महानगरले गाैशाला खाली गराउन थप नगरप्रहरी परिचालन गरेकाे छ ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।

तर, धर्मशालामा समिति बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले ठाउँ खाली गर्न मानेका छैनन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने, यहाँका सबै भौतिक संरचना आफूहरूले बनाएको, लामो समयदेखि मानव सेवामा समर्पित भएको भन्दै समितिका पदाधिकारीहरू धर्नामा बसेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको ९ बुँदे सम्झौता खारेज गरेपछि ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी समितिले मुद्दा हालेको थियो ।

पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोषं र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।

वार्षिक ५१ हजारमा भाडामा दिइएको धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो ।

  


प्रतिक्रिया

One thought on “धर्मशाला खाली गराउन पुगेका महानगर प्रहरीसँग मारवाडीको प्रतिकार-पेलेर जाने राजु पाण्डेको चेतावनी (भिडि‌ओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर