गौशाला धर्मशालामा नगर प्रहरी र मारवाडीबीच ठेलमठेल, राखियो महानगरको ब्यानर (तस्बिरहरु) – Nepal Press

गौशाला धर्मशालामा नगर प्रहरी र मारवाडीबीच ठेलमठेल, राखियो महानगरको ब्यानर (तस्बिरहरु)

धर्मशालामा राजु पाण्डेले पत्र देखाउन सकेनन, गौशाला प्रहरीले महानगर प्रहरीलाइ फर्कायो

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरकाे बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ ।

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए ।

यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो ।

तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको  थियाे । प्रहरीको टोली पनि पुगेको थियो । गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग माडवाडी सेवा समितिले धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र  मागेका थिए ।

तर,  नगरप्रहरी  बलका प्रमुख  राजु पाण्डेले पत्र देखाउन नसकेपछि नेपाल प्रहरीले महानगरकाे टाेलीलाई फिर्ता पठाएकाे छ ।


प्रतिक्रिया

One thought on “गौशाला धर्मशालामा नगर प्रहरी र मारवाडीबीच ठेलमठेल, राखियो महानगरको ब्यानर (तस्बिरहरु)

  1. नेपाल माथि पनि हाम्रो मोहियानी हक छ भन्लान, दिने ? धर्मशालालाई लुटको अखडा बनाएकालाई तुरून्त हटाउ । प्रदर्शन गर्नेलाई बल प्रयोग गरेर कोचिदेउ । केही नाप्दैनन् । यिनले लुटेको पैसा खुवाएर प्रभाव पार्न खोज्लान । अब हटाएरै छोड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर