जय अम्बे स्टिल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त – Nepal Press

जय अम्बे स्टिल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं ।  जय अम्बे स्टिल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीको साधारणसभाबाट सर्वसाधारणहरूका लागि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएसँगै कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारी सुरु गरेको हो ।
सार्वजनिक निष्काशनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरूमध्ये एक हो जसको वार्षिक कारोबार ४००० करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो ।
शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता प्रतिदिन एक हजार टन रहेको छ ।
‘अम्बे’ ब्रान्ड अन्तर्गत, क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।
जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पुर्‍याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।
उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर