मकवानपुरमा तीन गाडी ठोक्किए : ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर  – Nepal Press

मकवानपुरमा तीन गाडी ठोक्किए : ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर 

हेटौँडा । मकवानपुरको भीमफेदीमा तीन वटा गाडी ठोक्किएर दुर्घटना भएको छ । भीमफेदी– ६ गोल्फिनफेदीमा भएको दुर्घटनामा   ३५ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर रहेको  प्रहरीले जनाएको छ ।  ८ जनालाई चितवन  रिफर गरिएको छ भने बाकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएका थिए ।   बस सडक बाट करिब .१० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

No description available.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *