यि हुन् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तह (सूचीसहित) – Nepal Press

यि हुन् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तह (सूचीसहित)

काठमाडौं । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहको सूची सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै १२ जिल्लाका ७१ स्थानीय तहलाई आगामी ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो ।

असोज १० देखिको भिषण वर्षाको कारण भौतिक रुपमा बढी क्षति भएका प्रभावित २० जिल्लाका ७१ स्थानीय तहलाई विपद् जोखि न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम असोज १८ देखि लागू हुनेगरी ३ महिना अवधिका लागि विपद् संगटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकका ११, रामेछापका ८, सिन्धुपाल्चोक, धादिंग र रौतहटका ५-५, ललिपतुर र सिन्धुलीका ४-४, मकवानपुर, दोलखा, चितवन, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु र खोटांगका ३-३, महोत्तरी र सर्लाहीका २-२, सिरहा, सप्तरी र उदयपुरका एउटा-एउटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *