पूर्वराष्ट्रपति भण्डारीको दशैँ शुभकामना- तडकभडकरहित र मितव्ययीमा जोड – Nepal Press

पूर्वराष्ट्रपति भण्डारीको दशैँ शुभकामना- तडकभडकरहित र मितव्ययीमा जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीजनमा बडादशैँको शुभकामना दिएकी छन् । यस पर्वले नेपालीहरूबीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा मिलोस् भनी उनको कामना छ ।

विविध क्षेत्र र समुदायमा दशैँ मनाउने आ-आफ्नै विधि र परम्परा भएपनि यो सबै नेपालीको साझा चाड भएको उनको भनाइ छ ।

दशैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण धेरैलाई यो दशैँ अलि असहज र खल्लो भएको भन्दै उनले आ-आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ दशैँ मनाउनुपर्नेमा जोड दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *