महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड (तस्बिरहरू) – Nepal Press

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड (तस्बिरहरू)

काठमाडौं । प्रत्येक वर्ष महानवमीका दिनमात्र खुल्ला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

मन्दिर दर्शन गर्न आउनेहरू बिहानैदेखि लाम लागेका छन् ।

वृद्धवृद्धा र अशक्तलाई दर्शनमा प्राथमिकता दिइएको छ ।

हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खोलिएको छ ।

तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन साइतअनुसार यात्रा गराइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *