महानवमी : भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भिड (७ तस्बिर) – Nepal Press

महानवमी : भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भिड (७ तस्बिर)

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको चाप बढेको छ । आ-आफ्ना दुईपाङ्ग्रे तथा चार पाङ्ग्रे साधन लिएर सर्वसाधारण बिहानदेखि मन्दिरमा लाम लागेका छन् ।

बडादशैँअन्तर्गत महानवमीको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलि एवं नरिबल फुटाएर पूजाआजा गर्ने गरिन्छ ।

यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने प्रचलन रही आएको हो । महानवमीमा सवारी पूजा गर्दा ती साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशा एवं विश्वास छ ।

अटो शोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *