राजदेवीमा १५ हजार ४ बोकाको बलि – Nepal Press

राजदेवीमा १५ हजार ४ बोकाको बलि

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ ।

यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो । बिहीबार साँझ ८:३८ बजेदेखि बिहान ४:०५ बजेसम्म बलि दिइएको थियो । साढे सात घण्टामा १५ हजार ४ बोकाको बलि दिइएको महावीर युवा कमिटीका महासचिव चन्दन नागबंसीले बताए ।

उनका अनुसार रसिदबाट १४ हजार ६५२ बलि चढेको छ । आयोजक कमिटीले ९ र सरकारी निकायबाट ९३ वटा बलि चढाइयो । यसबाहेक २५० वटा बोकाको बलि निःशुल्क चढेको छ ।

मन्दिरमा बलि चढाउन प्रति बोकाको तीन सय रुपैयाँ आयोजकले उठाएको छ । बलि चढाएबापत ४३ लाख ९५ हजार ६ सय रूपैया संकलन भएको छ ।

गत वर्ष १५ हजार २५१ बोकाको बलि दिइएको थियो । निष्ठापूर्वक राजदेवी माताको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *