एमाले सुदूरपश्चिमको  विज्ञप्ति : पार्टीले जिम्मेवारी दिन्छ धैर्य गरौँ, माओवादीसँग पुन: एकता प्रयास स्थिर सरकारका लागि आवश्यक – Nepal Press

एमाले सुदूरपश्चिमको  विज्ञप्ति : पार्टीले जिम्मेवारी दिन्छ धैर्य गरौँ, माओवादीसँग पुन: एकता प्रयास स्थिर सरकारका लागि आवश्यक

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ९ बुँदे विज्ञप्ति जारी गरेको छ ।  एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जारी गरेको विज्ञप्तिमा पार्टीलाई अझै बलियो सुदृढ र एकताबद्ध बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ ।

जनताको बहुदलीय जनवाद नै पार्टीको प्रमुख नीति रहेको भन्दै लोकतन्त्रसँगै  जनवादी केन्द्रीयता वा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई अवलम्बन गर्दै पार्टीले खटाएको कमिटीमा सङ्गठित भएर लाग्न भनिएको छ । विज्ञप्तिमा सबैलाई नीति र नेतृत्व स्वीकार गरेर अगाडी बढ्न पनि सुझाव दिइएको छ ।

पार्टीले प्रशिक्षणको तयारी गरेको, जिल्ला मातहतका सबै कमिटी तथा पेसागत र जनवर्गिय सङ्गठनहरू अधिवेशन र सम्मेलनहरू सम्पन्न गर्दै विकार र सुशासन पक्षमा उभिन पनि आह्वान गरिएको छ ।पार्टी भित्रका अन्तर्विरोध पार्टी भित्रै समाधान गर्ने योजना अनुसार नै काम गर्ने र माथिल्लो कमिटीलाई जानकारी गराउने शैलीको विकास गर्न पनि निर्देशन जारी गरिएको छ ।

सरकारलाई सक्षम बनाउन सबैलाई आह्वान गरिएको विज्ञप्ति आम नेता कार्यकर्ताहरूलाई विधानको निर्णयहरू पालन गर्न, पार्टीले जिम्मेवारी दिन्छ भनेर विश्वास गर्न र धैर्य गर्न आग्रह गरिएको छ ।

तत्कालीन अवस्थामा एमाले र माओवादीको एकता जनताको भावना अनुसार भएको, टिकाउन नसक्नु केही कमजोरी रहेको र एकतालाई निरन्तरता दिँदै एमालेका रहेकाहरूको व्यवस्थापन गर्दै पुन एकताको प्रयास गर्नु बहुमतसहितको स्थिर सरकारका लागि आवश्यक भएकोले सकारात्मक सोच र एकताबद्ध भई सङ्गठनमा जुट्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर