भान्सामा लडेर माधव नेपालकी पत्नी गायत्री घाइते – Nepal Press

भान्सामा लडेर माधव नेपालकी पत्नी गायत्री घाइते

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन् ।

आज बिहान कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला भुइँमा पोखिएको दूधमा चिप्लिएर गायत्री घाइते भएकी हुन् ।

गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बिहान माधव निवासमै रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए । उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो । अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर गायत्रीलाई घरमा ल्याइएको छ ।

उनको स्वास्थ्य अहिले सामान्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *