काभ्रेमा बस र सुमो सुख्खा पहिरोले पुरेपछि बीपी राजमार्ग पुनः अवरूद्ध – Nepal Press

काभ्रेमा बस र सुमो सुख्खा पहिरोले पुरेपछि बीपी राजमार्ग पुनः अवरूद्ध

काठमाडौं । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।

पहिरोले सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई धकेली २० मिटर तल पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पनि पहिरोले पुरेको प्रहरीको भनाई ।

सुमोको पछाडि भागमा मात्रै देखिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

अहिले दुबैतर्फ सडक अवरुद्ध भएकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *