प्रधानमन्त्रीको दशैं सन्देश- विपद्ले उल्लास छैन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको दशैं सन्देश- विपद्ले उल्लास छैन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् ।

बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताएका हुन् ।

भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्- यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।

उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकार भत्किएका घरहरू पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुनर्स्थापनामा लागिरहेको पनि ओलीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *