बुद्वजन्मस्थल लुम्बिनीमा कस्ताे छ दशैं माहाेल ? (भिडिओ) – Nepal Press

बुद्वजन्मस्थल लुम्बिनीमा कस्ताे छ दशैं माहाेल ? (भिडिओ)

रूपन्देही । दशैैं नेपालीहरुको ठूलो पर्व हो । यो पर्वमा कतिपयले भ्रमण गरेर मनाउने सोँच बनाएका हुन्छन् । यदि तपाई पनि दशैंको छेको पारेर भ्रमण गर्ने सोँचमा हुनुहुन्छ भने एउटा उपयुक्त थलो बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका स्थलहरु पनि गतिलो हुनसक्छ ।

शान्ति, करुणा र सत्मार्गको प्रतिकका रुपमा बुद्धलाई विश्वले अंगिकार गरिरहेको छ । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दशैं तिहार, छठ लगायतका पर्वहरुमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ ।

यतिखेरको मौसम न त जाडो न त गर्मीको छ । लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउँछन् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई ।

ई.पू. ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ ।

बुद्धप्रति आस्था राख्नेहरुका लागि बुद्धजन्मस्थल यसैपनि पवित्र स्थल हो । त्यसमाथि बुद्धको शिक्षा जीवनउपयोगी छ ।  ई.पू. ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । यहाँँ पुग्ने पर्यटकहरु खुलेर रमाउँछन् ।

लुम्बिनी विश्वभरका लाखौं मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देवदह र रामग्राम समेत घुम्न सकिन्छ ।

पर्यटकहरुलाई राम्रोसँग गाईड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गाेविन्द ज्ञवाली बताउँछन् ।

लुम्बिनी शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल भएकोले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हँदै हो तथापि यसको महत्व त्यति मै सीमित हुँदैन ।

यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मोहनी लगाउँछ । लुम्बिनीमा करिव २५० प्रजातिका चराहरू छन्, जसमध्ये सारस लगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिंगर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् ।

लुम्बिनी सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरीक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *