दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु – Nepal Press

दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु

डोटी । डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो । चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन घर हिँडेकी थिइन् । उनी  घर पुग्न नपाउँदै मृत्यु भएको मृतकका भाइ सबिन पुनले जानकारी दिए ।

जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँभन्दा करिब ५ सय मिटर माथि उकालो चढ्ने क्रममा लडेर करिब ५० मिटर तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घाटी र अनुहारमा चोट लागेको घटनास्थलमा रहेका उनका आफन्तहरूले जानकारी दिए ।

घटनाबारे प्रारम्भिक सूचना आएको र प्रहरी टोली घटनास्थलतर्फ गइरहेको इलाका प्रहरी कार्यालय विपिनगर इन्चार्ज प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए । उनले आफूहरू आधा बाटो पुगेको र घटनास्थल पुग्न अझै समय लाग्ने बताए ।

सो स्थानमा भीरबाट लडेर ज्यान गुमाउने भावना दोस्रो महिला हुन् । यही असोज -४ सोही भीरबाट लडेर जोरायल गाउँपालिका-४ की ३४ वर्षीया रोहित बोहराको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *