धोनीलाई कप्तानी गरेका आईपीएल चेन्नईका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक – Nepal Press

धोनीलाई कप्तानी गरेका आईपीएल चेन्नईका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

काठमाडौं । पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजीव कुमारलाई आगामी लिगको लागि भित्र्याएको हो । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् ।

राजीव चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका छन् । सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए ।

राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन् । चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए । नियुक्तिपछि राजीवले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *