टीकाको दिन डडेलधुरामा बोराभित्र भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका – Nepal Press

टीकाको दिन डडेलधुरामा बोराभित्र भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

कैलाली । डडेलधुरामा एक बालिकाको शव भेटिएको छ ।

अमरगढी नगरपालिका-७ पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । आरती त्यही ठाउँकी हुन् ।

गयराति ९ बजेपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको खुल्न आएको प्रहरीले बताएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् ।

स्थानीयले शव रहेको राति सूचना दिएको र आज बिहान डीएसपी सुगन्ध श्रेष्ठको टोली घटनास्थलमा खटिएको प्रहरीले विज्ञप्ति निकालेर जनाएको छ ।

सो क्रममा अमरगढी-७ पोखरा बस्ने ५८ वर्षीय टेक भण्डारीको म. १ प १४५४ नम्बरको मोटरसाइकल घटनास्थलनजिकै नालामा फालेको अवस्थमा भेटिएको र निज भण्डारीलाई पक्राउ गरिएको छ ।

प्रहरीले आज बिहान शव उठाएर पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *