शुभ साइतमा लगाइयो बडादशैँको टीका र जमरा – Nepal Press

शुभ साइतमा लगाइयो बडादशैँको टीका र जमरा

काठमाडौं । बडादशैँको शुभ साइतमा टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११:३६ बजेको उत्तम साइत कुरेर अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाए ।

यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

विजया दशमी अन्तर्गत आज मुख्य दिन बडादशैँ हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रूप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *