पोल्यान्डमाथि पोर्चुगलको सानदार जित – Nepal Press

पोल्यान्डमाथि पोर्चुगलको सानदार जित

हेटौँडा । युरोपियन नेसन्स लिगअन्तर्गत शनिवार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले पोल्यान्डलाई ३–१ ले पराजित गरेको हो ।

लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलको लागि बर्नान्डो सिल्भा र क्रिष्टियानो रोनाल्डोले समान एक गोल गरे भने एक गोल आत्मघाती गोलको रूपमा प्राप्त गरेको थियो ।

पोल्यान्डको लागि पिओर्ट जिलिन्स्कीले एक गोल फर्काएका हुन् ।

समूह ए को १ मा लगातार तीन जित निकालेको पोर्चुगल शीर्ष स्थानमा छ ।

क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा शून्य अंक रहेको स्कटल्यान्ड पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *