जनकपुरधाममा रावण वध र लंका दहन गरेर मनाइयो विजया दशमी – Nepal Press

जनकपुरधाममा रावण वध र लंका दहन गरेर मनाइयो विजया दशमी

जनकपुरधाम । विजया दशमीको अवसरमा शनिवार जनकपुरधामस्थित धनुष सागर पोखरीको डिलमा रावण वध र लंका दहन गरिएको छ ।

असत्यमाथि सत्यको विजयी भएको सम्झनामा विजया दशमीको दिन हरेक वर्ष जनकपुरधाममा रावण वध र लंका दहन गरिन्छ । महावीर यूवा कमिटीद्वारा आयोजित रावण वध र लंका दहन कार्यक्रम हेर्न लाखौं मानिस उर्लिएका थिए ।

राम मन्दिरका महन्त राम गिरीले चलाएको तीर सांकेतिक रुपमा बनाइएको रावणको प्रतिमामा लागेको थियो । तीर प्रतिमामा लागेपछि आगो लाग्यो । र, रावणको प्रतिमा तथा सांकेतिक लंका जलेर नष्ट भयो ।

रावण वध र लंका दहनका बेला आतिशबाजी गरिएको छ । यो दृष्य हेर्न जनकपुरधामबासी हरेकवर्ष उर्लिन्छ । यसवर्ष पनि ठूलो संख्यामा सर्वसधारणहरु सहभागी भएको थियो ।

त्रेतायूगमा भगवान रामले लंकाका राजा रावणको बध र लंका जलाएको थियो । त्यसलाई असत्यमाथि सत्यको विजयी भएको रुपमा लिन्छ ।

जनकपुरधाम भगवान रामको ससुराली पनि हो ‌। त्यसैले यहाँ रावण वध र लंका दहन कार्यक्रम भव्य रुपमा मनाइन्छ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *