काठमाडौंमा बढ्न थाल्यो चहलपहल (भिडिओ) – Nepal Press

काठमाडौंमा बढ्न थाल्यो चहलपहल (भिडिओ)

काठमाडौं । बडादशैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ ।

दशैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेषगरी निजी चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले सार्वजनिक सवारी प्रयोग गरी आवातजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।

दशैँको मुखमा आएको बाढीपहिरो र डुबानका कारण विगतको तुलनामा यसपटक काठमाडौं छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीदेखि सडकमा सवारी चाप घटेको थियो । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *