ह्वात्तै बढ्यो फलफूलको भाउ (भिडिओ) – Nepal Press

ह्वात्तै बढ्यो फलफूलको भाउ (भिडिओ)

काठमाडौं । दशैँमा टीका थाप्न जाँदा कोसेलीस्वरूप उपभोक्ताले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको भाउ बढेको छ ।

फलफूलका ठूला व्यापारी दशैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायतका फलफूलको मूल्य आकासिएको हो ।

दशैँभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ।

व्यापारी पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *