नर्वेविरुद्ध अस्ट्रियाको विशाल जित
नेपाल प्रेस
२०८१ असोज २८ गते ७:३७
हेटौँडा । नर्वेले युरोपियन नेसन्स लिगमा पहिलो हार बेहोरेको छ ।
आइतबार राति भएको खेलमा टोली अस्ट्रियासँग ५–१ ले पराजित भयो ।
नर्वेको जितमा मार्को अर्नौटोभिकले दुई गोल गर्दा फिलिपि लिएनहार्ट, स्टेफन पोस्च र माइकल ग्रेगोरिटस्चले समान एक गोल गरेका थिए ।
नर्वेको लागि एक मात्रै गोल एलेक्जान्डर सोर्लोथले गरेका थिए ।
हारपछि पनि नर्वे समूह बी को ३ मा शीर्ष स्थानमै यथावत् छ ।
समान ४ खेलबाट अस्ट्रिया सात अंक भए पनि दोस्रो स्थानमा छ ।
स्लोभाकियाको पनि सात अंक छ । काजाखस्तान एक अंकसहित पुछारमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर