दशैं बिदामा सहिद स्मारकमा आन्तरिक पर्यटकको भिड
![](https://www.nepalpress.com/wp-content/uploads/2024/10/462538875_3923302707995065_9095820154549070005_n-e1728875978115.jpg)
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको नेपालकै चर्चित पार्क सहिद स्मारकमा दशै बिदामा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । हेटौँडा-११ मा रहेको पार्क आन्तरिक पर्यटकले भरिभराउ भएको हो ।
दशैंमा ३ दिन बन्द भएपछि आइतबारबाट खुलेको पार्कमा पर्यटकको आगमन एकै दिनमा दशौँ हजार पुगेको सहिद स्मारक विकास समितिले जनाएको छ ।
बिहानबाट राती १० बजेसम्म खुल्ने पार्कमा मकवानपुर सहित आसपासको जिल्ला र भारतको बिहार क्षेत्रबाट पर्यटकको आगमन बढेको समितिले जनाएको छ ।
गत वैशाखबाट रात्रिकालीन स्मारक प्रवेश खुलेपछि अझ पर्यटकको आगमन बढेको समितिको भनाई छ ।
दशै बिदाको अवसरमा परिवारको सदस्य सहित स्मारक क्षेत्रमा ड्राई पिकनिक मनाउने, घुमघाम गर्ने पर्यटकहरू बढेका छन् ।
पर्यटकको लागि रातिको समयमा लाइटिङको व्यवस्थापन गरेपछि यहाँ पर्यटकको सङ्ख्यामा भारी वृद्धि भएको छ ।