बीपी राजमार्गमा ठूला गाडी पनि चल्ने – Nepal Press

बीपी राजमार्गमा ठूला गाडी पनि चल्ने

काठमाडौं । बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन हुने भएका छन् ।

सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी राजमार्गको भकुण्डेवेँशी वर्षेखोलाले बगाएको करिब ८ किलोमिटर सडकको ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा चौकीडाँडा र माम्ती खोला नजिक आज साँझसम्म आज साँझसम्म सुधार गरी रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन गरिने जनाएको छ ।

सुख्खा पहिरो झर्ने सम्भावना भने अझै रहेकाले राति यात्रा नगर्न डिभिजन सडकले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *