काठमाडौंमा बढ्न थाल्यो दशैँ मनाएर फर्किनेको चहलपहल (भिडिओ) – Nepal Press

काठमाडौंमा बढ्न थाल्यो दशैँ मनाएर फर्किनेको चहलपहल (भिडिओ)

काठमाडौं । दशैँको तेस्रो दिन आज हिजोअस्तिको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ ।

दशैँको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणसमेत उपत्यका फर्कन थालेपछि सवारी चाप बढेको हो ।

जडिबुटी, बल्खु, कलंकीलगायतका नाकामा उपत्यका भित्रिने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शँको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यकाभित्रनेको संख्या पनि बढेको हो ।

यस वर्षको दशैँमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *