घाँस काट्न जंगल छिरेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु – Nepal Press

घाँस काट्न जंगल छिरेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

कलैया (बारा) । बारामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *