श्रीमतीको हत्या गरी जंगलमा लुकेका पुरुष ३ घण्टामै प्रहरीको फन्दामा – Nepal Press

श्रीमतीको हत्या गरी जंगलमा लुकेका पुरुष ३ घण्टामै प्रहरीको फन्दामा

झापा । झापामा श्रीमतीको हत्या गरी फरार एक पुरुषलाई प्रहरीले घटनाको ३ घण्टामै पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडामा ४९ वर्षका वीरबहादुर चौहानले आज दिउँसो ३:५० तिर आफ्नै पत्नी ३७ वर्षीया मुनालाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्यापश्चात भागेको झापा प्रहरीले बताएको छ ।

वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले दिउँसो ४:५५ बजे जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *