इटाली, फ्रान्स र जर्मनीको जित – Nepal Press

इटाली, फ्रान्स र जर्मनीको जित

हेटौँडा । युरोपियन नेसन्स लिग अन्तरगत सोमबार राती भएको खेलहरूमा युरोपका शक्तिशाली मानिने इटाली, जर्मनी तथा फ्रान्सले जित निकालेका छन् ।

इटालीले इजरायललाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ । इटालीको लागि माटेव र फर्टेसीले एक-एक तथा लोरेन्जोले दुई गोल गर्दा इजरायलको तर्फबाट अबु फनिले एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई २-१ गोलले पराजित गरेको छ । रन्डाल कोलोले दुई गोल गर्दा बेल्जियमको लागि लुइस ओपान्डाले एक गोल गरे ।

ग्रुप २ का यी खेलपछि ४ खेलबाट इटाली १० अङ्क सहित पहिलो स्थानमा छ भने समान खेलबाट ९ अङ्क सहित फ्रान्स दोस्रो र ४ अङ्क सहित बेल्जियम तेस्रो स्थानमा छ । इजरायलले शून्य अङ्क सहित चौथोमा छ ।

गएराति नै भएका अन्य खेलहरूमा टर्किले आइसल्याण्डलाई ४-२ ले हराउँदा स्विडेनले स्टोनियालाई ३-० ले पराजित गर्न सफल बन्यो ।

जर्मनीले नेदरल्यान्डलाई १-० ले पराजित गर्दा वेल्सले मोन्टिनिग्रोलाई १-० ले हरायो । बोस्नियालाई हङ्गेरीले २-० ले हराउँदा युक्रेन र चेक रिपब्लिक १-१ को बराबरीमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *