वुमन्स विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन, एकै इनिङमा गर्‍यो ८ क्याच ड्रप – Nepal Press

वुमन्स विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन, एकै इनिङमा गर्‍यो ८ क्याच ड्रप

काठमाडौं । युएईमा जारी वुमन्स टी–२० विश्वकप क्रिकेटमा समूह ‘ए’को अन्तिम खेलमा पाकिस्तान न्यूजिल्याण्डसँग ५४ रनले पराजित भयो।

सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाब रहेको पाकिस्तान ५६ रनमा समेटियो । १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११ ओभर ४ बलमा ५६ रनमा रोकिन पुग्यो ।

जित्नै पर्ने खेलमा पाकिस्तानले खराब प्रदर्शन गर्‍यो । पाकिस्तानले ब्याटिङ, बलिङ र फिल्डिङ कुनैमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।

ब्याटिङतर्फ पाकिस्तानकी कप्तान फतिमा सानाले २१ र मुनिबा अलिले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै पनि ब्याटर क्रिजमा जन्म सकेनन् ।

बलिङमा नर्शरा सन्धुले ३, सदिया इकवाल, निशा दर र ओमिमा सोहिलले समान १–१ विकेट लिए ।

ब्याटिङ र बलिङको तुलनामा पाकिस्तानको फिल्डिङ झनै कमजोर रह्यो । न्यूजिल्यान्डलाई निर्धारित २० ओभरमा १११ रनमा रोकेको पाकिस्तानले ८ क्याचका अवसरलाई खेर फाल्यो । ४ क्याचका अवसरमा कप्तान साना आफैले छोडेकी थिइन् ।

पाकिस्तानले केही रनआउटमा अवसरमा पनि गुमाउन पुग्यो । खेलको ४.२, ५.२, ७.३, १५.५, १७.२, १९.१, १९.३ र १९.५ मा क्याच छुटेको थियो । फिल्डिङका क्रममा कयौँ पटक खेलाडी जुध्न पुगे । कयौँ पटक सहज बल पनि रोक्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *