दशैँपछिको पहिलो दिन कस्तो रह्यो शेयर बजार ? – Nepal Press

दशैँपछिको पहिलो दिन कस्तो रह्यो शेयर बजार ?

काठमाडौ । दशैँको बिदापछि खुलेको शेयर बजारमा उत्साह देखिएको छ । यद्यपि कारोबार रकम भने निकै न्यून रह्यो ।

आज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा अडिएको छ । तर, ३ अर्ब ६ करोड २३ लाख रूपैयाँ बराबरको कारोबार भयो । आजको बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

जानकी फाइनानसको शेयर प्रतिकित्ता ६७७.६० रूपैयाँ पुगेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय ३८ रूपैयाँ पुगेको छ । आज उत्पादन तथा प्रशोधनबाहेक सबै समूह बढेको छ ।

३०७ कम्पनी सामेल भएको कारोबारमा गुडविल फाइनान्स अगाडि देखियो । गुडविलको आज १८ करोड ५ लाख बढीको शेयर कारोबार भएको छ । सबैभन्दा बढी पटक हिमालयन रिइन्सुरेन्सको शेयर १ हजार २ सय ७८ पटक कारोबार भयो । आज यसको शेयर मूल्य प्रतिकित्ता ८९६.१० रूपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *