एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरले गराए क्यानलाई ७ बुँदे ध्यानाकर्षण – Nepal Press

एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरले गराए क्यानलाई ७ बुँदे ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन्। क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ ।

आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दावी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् ।

उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर