दसैँ अवधिभर गृहजिल्लाका जनतामाझ पुगे भूमिमन्त्री अधिकारी – Nepal Press

दसैँ अवधिभर गृहजिल्लाका जनतामाझ पुगे भूमिमन्त्री अधिकारी

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दसैँबीच कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । बडादसैँको टीका नभए पनि उनी गएको बिहीबारदेखि सोमबारसम्म कपिलवस्तुका २१ स्थानमा भएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भए ।

उक्त अवसरमा मन्त्री अधिकारीले जनताको समस्या सुन्ने र समाधानको विकल्प र प्रयासबारे जनतालाई जानकारी गराएका थिए । कतिपय सार्वजनिक सुनुवाइमा उनले जनताका सरोकार र गुनासोका बारेमा जिल्लास्तरका कार्यालय प्रमुखलाई फोन गरी तुरुन्त समाधान गर्न निर्देशनसमेत दिएको उनको सचिवलयले जनाएको छ ।

मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार बिहीबार मन्त्री अधिकारीले कपिलवस्तु निर्वाचन क्षेत्रको दक्षिण भेगमा रहेका लवनी, बरगदवा, बल्लुहवा, पचेरा, सिसनीय, हर्नामपुर, नन्दनगर, जगदीशपुरलगायतका स्थानमा जनतासँग प्रत्यक्ष भेटघाट र सार्वजनिक सुनुवाइ गरे ।

शुक्रबार क्षेत्र नम्वर ३ मा रहेको कृष्णनगर, बहादुरगञ्ज, चनैई, शिवराज, विजयनगर गाउँपालिकालगायत ५ स्थानमा सार्वजनिक सुनुवाइ गरिएको थियो ।

शनिबार दसैँको टीकाको दिन व्यक्तिगत र आफ्नो टोल रहेको वाणगंगा नगरपालिकामा भेटघाटमा समय दिएका अधिकारीले आइतबार र सोमबार ९ स्थानमा सार्वजनिक सुनुवाइ गर्दै कपिलवस्तुको विकासमा प्रतिबद्ध रहेको र संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र प्रभावकारी काममार्फत जिल्लाको विकास सम्भव भएको स्थानीयलाई आस्वस्त पारेका थिए ।

छिट्टै भूमि आयोग गठन गरेर देशभरकै भूमि समस्या स्थायी रुपमा समाधान गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर