कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ, लगत्तै रिहा
नेपाल प्रेस
२०८१ असोज २९ गते १९:१८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनी केहीबेरमै छुटि पनि सकेका छन् ।
निर्मला कुर्मी प्रकरणमा लुम्बिनीका मन्त्री बादशाह कुर्मीमाथि कारबाही हुनुपर्ने मागसहित बालुवाटारमा रुवि खानलगायतको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा प्रहरीले शिवाकोटीलाई पनि पक्राउ गरेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले बताए ।
प्रतिक्रिया
One thought on “कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ, लगत्तै रिहा”
Leave a Reply
सम्बन्धित खवर
उनीरूको आन्दोलनमा यो किन गएको नि ? आगोमा घ्यू थप्न ? जे कसूरमा खानहरूलाई पक्राउ गरियो त्यहि कसूरमा अजयलाई पनि पक्रियो । त कुरा त सिधा र एकदम ठिक छ ।अनि छोडिहालेको किन नि? एकदुई रात अरूसरह राख्नुपर्ने ।