डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते – Nepal Press

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते

कैलाली । डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस डडेल्धुरा अमरगढी नगरपालिका ७ मा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *