स्पेनको सहज जित – Nepal Press

स्पेनको सहज जित

हेटौँडा । युरोपियन नेसन्स लिगमा स्पेनले सर्वियाविरुद्ध सहज जित दर्ता गरेको छ ।

मङ्गलवार राति स्पेनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले ३–० को सहज जित निकालेको हो ।

लिगमा स्पेनले खेलको पाँचौँ मिनेटमा अमेरिक लापोर्टको गोलबाट पहिलो अग्रता लिएको थियो ।

स्पेनको लागि अल्भारो मोरटाले खेलको ६६ औँ मिनेटमा दोस्रो अग्रता दिलाए भने एलेक्स बाइनाले ७७ औँ मिनेटमा तेस्रो गोल गर्दै स्पेनलाई ३-० को सहज जित दिलाए ।

खेलको ७६औँ मिनेटमा स्ट्राफिन्जा पाभ्लोभिकले सिधै रातो कार्ड पाउँदा सर्विया दश खेलाडीमा सीमित बनेको थियो ।

चार खेलबाट १० अंक जोडेको स्पेन समूह ए (४) को शीर्ष स्थानमा छ ।

७ अंकको डेनमार्क दोस्रो र चार अंकको सर्विया तेस्रो स्थानमा छ । स्विटजरल्यान्ड एक अंकसहित पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *