भण्डारखालमा ओखलढुङ्गाका २७ वर्षे युवा झुन्डिएको अवस्थामा भेटिए – Nepal Press

भण्डारखालमा ओखलढुङ्गाका २७ वर्षे युवा झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं । काठमाडौं गौशालास्थित भण्डारखालमा एक २६ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिनेमा ओखलढुंगा घर भई जयबागेश्वरीमा डेरा गरी बस्ने लोकनाथ पोखरेल रहेका छन् ।

घाँटीमा डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले बताए ।

‘मृतकका आफन्तहरू राति नै आफ्नो मान्छे अलप भयो भन्दै हाम्रो कार्यालयमा आउनुभएको थियो,’ खनालले भने, ‘हामीले भण्डारखालसहित सम्भावित स्थानमा खोजी पनि गर्‍यौँ, तर भेटिएन ।’

बिहान मर्निङ वाक गर्नेहरूले रुखमा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपछि उनी मृत फेला परेका हुन् ।

डेरामा मदिरा सेवन गर्ने क्रममा आफन्तसँग झगडा गर्दै बेलुकी ८ बजेदेखि उनी हराएका थिए । मदिरा थप्ने निहुँमा झगडा परेर उनी डेराबाट निस्किएका थिए ।

उनी ओखलढुंगा, मोलुङ गाउँपालिका ५ का बासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर