वाणिज्य बैंकहरूले फेरि घटाए ब्याजदर, कसको कति ? – Nepal Press

वाणिज्य बैंकहरूले फेरि घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । अधिकांश बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउका छन् ।

सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटाले ब्याजदर घटाएका छन् । ९ वटाको स्थिर रहँदा सानिमा बैंकले बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । अब यस बैंकको मुद्दती निक्षेपको ब्याजदर ६.१५ पुगेको छ । असोजमा ५.९ प्रतिशत थियो ।

सबैभन्दा बढी हिमालयन बैंकको घटेको छ । यस बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । कात्तिकमा मुद्दती निक्षेप राख्नेहरूलाई अब यस बैंकले ६.२५ प्रतिशत दिनेछ । असोजमा ७ प्रतिशत थियो ।

वाणिज्य बैंकहरूको असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।

कसले कति पुर्‍याए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *